नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा मोदनाथ ढकाल

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा मोदनाथ ढकाल


काठमाडौं ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौं महासभाबाट मोदनाथ ढकाललाई कार्यसमितिले सर्वसम्मतिमा चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न महासभाले नाफिजको नयाँ १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा द राइजिङ नेपालका मोदनाथ ढकाल अध्यक्ष, रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजकी मेनुका कार्की उपाध्यक्षमा चयन भएका छन् ।

महासचिवमा कर्पोरेट नेपाल डटकमका प्रबन्ध सम्पादक नारायण पौडेल ,सचिवमा अनलाइनखबरका रोयल आचार्य, सह–सचिवमा बिजपाटीका महम्मद अजमत अली र कोषाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी सर्वसहमतिमा निर्वाचित भएका छन् ।

महासभाले नाफिजको नयाँ कार्यसमिति सदस्यमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट चयन भएका छन् ।

यस्तै,नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित पनि गरेको छ ।

Logo