राती–राती सडकमा के गर्दैछन् विराटनगरका मेयर ? ( भिडियो सहित )

राती–राती सडकमा के गर्दैछन् विराटनगरका मेयर ? ( भिडियो सहित )


विराटनगर महानगरपालिकामा अहिले विकास निर्माण तिव्रगतिमा चलिरहेको छ । यहाँ दिउसो एकातिर गर्मीले काम गर्न सकिंदैन भने अर्कातिर सडक निर्माण दिउसो गर्दा सवारी आवागमन प्रभावित हुने समस्या पनि उस्तै छ ।

जसले गर्दा यहाँ राती राती विकास निर्माणका कामहरु हुने गरेका छन् । रातीको समयमा काम हुँदा पनि विराटनगर महानगरका मेयर भिम पराजुलीले अनुगमनको कामलाई भने तिव्रता दिइरहेका छन् । विराटनगरमा मेयरलाई भेट्नु परेमा जहाँ विकास भइरहेको छ त्यहाँ पुगे हुन्छ । उनी राती १२ बजे सम्म सक्रिय रहन्छन् । विराटनगरलाई नमुना महानगर बनाउने उनको योजना छ ।

यहाँ एकदिन मात्र होइन , सधैं जस्तो राती नै काम हुने गरेको छ । उनले दिउसो किन काम नभएको र राती किन गर्नु परेको हो भन्ने बारेमा यसरी सुनाए । हेरौं यो भिडियोमा :

Logo