तारा एयरको विमान दुर्घटना, सबै यात्रुको सकुशल उद्धार (अपडेट)

तारा एयरको विमान दुर्घटना, सबै यात्रुको सकुशल उद्धार (अपडेट)


तारा एयरको विमान रामेछाप विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । तारा एयरको ‘नाइन एन-८८८ कल साइन’ भएको डोर्नियर विमान दुर्घटनामा परेको हो।

सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको तारा एयरको ९-एन एकेके कल साइनको विमान ‘ल्यान्डिङ गियर’ फेल भएर धावनमार्गबाट चिप्लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन् । १४ यात्रु सवार सो विमानका सवै यात्रुहरुलाई सकुशल उद्दार गरिएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

Logo