नेकपा सचिवालय बैठक सुरु, पार्टी एकता प्रक्रिया टुंग्याउने

नेकपा सचिवालय बैठक सुरु, पार्टी एकता प्रक्रिया टुंग्याउने


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी एकता प्रक्रियाबारे टुंगो लगाउन सचिवालय बैठक सुरु भएको हो । बालुवाटारमा सुरु भएको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाउने नेकपाले जनाएको छ । त्यसअघि दुई अध्यक्षले पदाधिकारीको अन्तिम प्रस्ताव तयार पारेर सचिवालयमा पेश गर्ने सहमति भएको थियो ।

आज विहान बालुवाटारमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच छलफल भएको थियो । यसअघि शुक्रबार दुवै अध्यक्षको परामर्शपछि महासचिव पौडेलले शनिवार बिहानै बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । पौडेल आइतबार बिहानैदेखि शीर्ष नेताहरुसँग परामर्शमा थिए ।

पार्टी एकता प्रक्रिया टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको नेकपाले जनाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता टुंगोमा पुगेको र भोलि घोषणा हुने जानकारी दिए ।

Logo