नेपालमा आज ८९९ जनामा कोरोना पुष्टि

नेपालमा आज ८९९ जनामा कोरोना पुष्टि


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ । आज ८९९ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६८९ पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ३५९ रहेको छ ।

आजको पिसिआर परीक्षण ५ हजार २५२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख २५ हजार ८६० रहेको छ । आज ११ हजार ६७३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo