नेपाली शब्दकोष ‘नेपाली शब्दसागर’ का लेखक शर्माको निधन

नेपाली शब्दकोष ‘नेपाली शब्दसागर’ का लेखक शर्माको निधन


काठमाडौं । कोशकार वसन्तकुमार शर्मा ‘नेपाल’ को ९७ वर्षको उमेरमा आज निधन भएको छ । नेपाली भाषाको सबैभन्दा ठूलो शब्दकोश ुनेपाली शब्दसागरु सहित लगभग १०० कृतिका सर्जक उहाँ बिगत ४ महिना यता फोक्सो को रोगबाट पीडित हुनु हुन्थ्यो ।

उहाँका छोरा साहित्यकार विनय कुमार शर्मा नेपालले दिनुभएको जानकारी अनुसार उहाँको कुमारी गालस्थित आफ्नै निवासमै दिउँसो २ बजे निधन भएको हो । उहाँका अनुसार, पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दुई घण्टा आर्यघाटमा राखिने छ ।

आजै साँझ उहाँको दाहसंस्कार गरिने छ । वसन्त कुमार शर्माको निधनले नेपाली साहित्यमा एउटा धुरन्धर विद्वान् गुमाएको छ । उहाँका दर्जनौं शब्द कोश, महाकाव्य , निबन्ध संग्रह, कविता सङ्ग्रह, नाटक लगायत १०० भन्दा बढी साहित्यिक कृति प्रकाशित छन् ।

उहाँको पछिल्लो कृति भाषाका समग्र नाट्यकृति ‘भासका समग्र’ शिर्षकको नाटक संग्रह वैशाख १ गते बिमोचन गरिएको थियो । नेपाल शब्दार्थ प्रकाशनका संरक्षक पनि हुनुहुन्थ्यो ।

साहित्य-धर्मशास्त्र-राजशास्त्रमा शास्त्री, हिन्दी शर्माले साहित्यमा साहित्यभूषण, नेपालीमा एम.ए., बीएड, हामीयो डाक्टर उपाधि प्राप्त गरेका छन् ।

Skip This
Logo