भव्य गेट कलेजमा बिश्व प्रसिद्ध सेफहरुको परिकार (भिडियोमा)

भव्य गेट कलेजमा बिश्व प्रसिद्ध सेफहरुको परिकार (भिडियोमा)


बिहिबार ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेजले एक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमा विश्वकै प्रसिद्ध सेफहरु द्धारा विभिन्न परिकारहरु तयार पारिएको थियो ।

जसमा विश्व प्रसिद्ध सेफहरु उर्स बेसमर, फ्रिट्ज ग्रोस, हेइन्ज इग्ली, स्टेफन हेरजग, हेइन्ज फिस्चर, जोनी म्याथिस, मार्को फोहिन उपस्थित थिए । उनीहरुले आफ्नो इच्छा अनुसार परिकारहरु तयार पारेका थिए । होटल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई प्रेरणा दिनु कार्यक्रमको मुल उद्देश्य रहेको थियो ।

उक्त कार्यक्रममा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ गेष्टको रुपमा पुगेकी थिइन् । त्यस्तै नेपालका लागि श्रीलंकाकी एम्बेस्डर स्वर्ण पेरेरा प्रमुख अथितिको रुपमा पुगेकी थिइन् ।

कलेजका विद्यार्थीहरुले कार्यक्रमलाई थप सुन्दर बनाउनको लािग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कलेजले गेष्टहरुलाई मायाको चिनो प्रदान गरको थियो । उक्त कार्यक्रम भव्यताको साथ सम्पन्न भएको थियो ।

https://www.youtube.com/watch?v=_hY5-FRxgj8

Logo