चलचित्र ‘जात्रै जात्रा’ को फस्टलुक सार्वजनिक

चलचित्र ‘जात्रै जात्रा’ को फस्टलुक सार्वजनिक


चलचित्र ‘जात्रै जात्रा’ को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुक पोष्टरमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारहरु अटाएका छन् ।

यस चलचित्रमा प्रदिप भट्टराईको निर्देशन तथा लेखन रहेको छ । ‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’ को सिक्वेल हो । ‘जात्रै जात्रा’ मा वर्षा राउत, विपिन कार्की, रविन्द्र झा, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।

मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रमा शिव राम श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ । ‘जात्रै जात्रा’ आउँदो जेठ ३ गते देखि प्रर्दशनमा आउँदैछ ।

Skip This
Logo