झुक्किएर बीजेपीलाई भोट गएपछि मतदाताले आफ्नै औँला काटे

झुक्किएर बीजेपीलाई भोट गएपछि मतदाताले आफ्नै औँला काटे


एजेन्सी । भारतमा झुक्किएर गलत पार्टीलाई मतदान गरिएको भन्दै एक मतदाताले आफ्नै औला काटेका छन् । बहुजन समाज पार्टीका समर्थक बताउने पवन कुमारले हतारमा गल्तीले भारतीय जनता पार्टी (बीजेपी) लाई भोट दिएको भन्दै आफ्नो बायाँ हातको चोरी औँला काटेका हुन् ।

ती युवकले गलत पार्टीलाई भोट दिएको कारण अफशोच जनाउँदै हातको औंला काटेको बताएका छन् । औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो र उपचारपछि उनलाई घर पठाइएको छ ।

उत्तर प्रदेशको बुलन्दशहरको कोतवाली क्षेत्रको अब्दुल्लापुर हुलासन निवासी २४ वर्षीय पवन बिहीबार मत खसाल्न गाउँकै मतदान केन्द्रमा गएका थिए । मतदानको क्रममा हतारिँदै उनले बहुजन समाज पार्टीको चिन्ह हात्तीको सट्टा भारतीय जनता पार्टीको चिन्ह कमलको बटन दबाएका थिए ।

ती युवकले गलत पार्टीलाई मत दिएपछि आत्मग्लानी भएको बताए । त्यसपछि रिसले चुर भएका ती युवाले घरमा गएर बायाँ हातको चोर औंला काटेका हुन् । धेरै पार्टीका चुनाव चिन्हका कारण आफू झुक्किएको ती युवाको भनाई छ ।

Logo