मेसिनरी उपकरण थन्किँदा सरकारी अस्पतालका बिरामी निजीमा रेफर

मेसिनरी उपकरण थन्किँदा सरकारी अस्पतालका बिरामी निजीमा रेफर


काठमाडौं

सरकारी अस्पतालको चरम लापर्बाहीका कारण अधिकांश मेसिनरी उपकरण थन्किएका छन् । अस्पताल प्रशासनले दीर्घकालीन योजना बनाउन नसक्दा यो स्थिति आएको हो । अस्पताल प्रशासनको यस्तो लापर्बाहीको सीधा असर उपचारका लागि गएका बिरामीले भोग्नु परिरहेको छ ।

सरकारी अस्पतालका उपकरण जीर्ण हुँदा रोग पहिचान र निराकरणका लागि गएका बिरामी सो सेवाका लागि निजी अस्पतालमा रेफर हुनुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य सेवा प्रवाहका लागि खरिद भएका मेसिनरी उपकरण सम्बन्धित विशेषज्ञ तथा पूर्वाधार अभावका कारण उपयोग हुन नसकेको देखिएको छ । तर सरकारले उपकरण प्रयोगको प्रभावकारिताबारे चासो देखाएको छैन ।

वीर अस्पतालका दुईवटा भेन्टिलेटर एक वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् । कान्ति बाल अस्पतालका लागि ४ करोड ५४ लाख रुपैयाँमा खरिद गरिएको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटक–पटक बिग्रिँदा मासिक २ हजार २ सय बिरामीलाई अन्यत्र पठाउनुपरेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रहेको रगतसम्बन्धी परीक्षण गर्ने पीसीआर मेसिन उपयोगविहीन अवस्थामा रहेको पाइएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमोडाइलोसिसका लागि उपलब्ध १२ मेसिनमध्ये स्वास्थ्य सेवा विभागबाट गत वर्ष प्राप्त दुईवटा मेसिन सञ्चालन हुन नसक्दा भण्डारमा राखिएको महालेखापरीक्षकको प्रतिवेदनले देखाउँछ ।
भक्तपुर अस्पतालमा इन्डोस्कोपी मेसिन बिग्रिएर सञ्चालनमा नरहेको पाइएको छ ।
राजधानीबाट

Skip This
Logo