बालुवाटारको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएकाहरु पक्राउ

बालुवाटारको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएकाहरु पक्राउ


बालुवाटारस्थित सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपालीका १७ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा उज्जवल थापा, मिलन पाण्डे, शशिविक्रम कार्की, अमृत विष्ट, रमेश सिलवाल, रामजी पन्त, पुरुषोत्तम ढुंगेल छन्। यसैगरी शिव सत्यम, दयराम सापकोटा, विमल तामाङ, प्रमेश श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, विजयबाबु शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ अन्यमा छिरिङ तामाङ, रितेश यादव, सुन्दर न्यौपाने र प्रदीप ज्ञवाली छन्।

प्रहरीले निषेधित क्षेत्र भएको भन्दै उनीहरुलाई पक्राउ गरेको हो । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा भूमाफिया र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको एक सरकारी छानबिन समितिले ठहर गरेको छ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भएको छ।

Logo