दोस्रोचरणको निर्वाचनका लागि भारतले बन्द गर्‍यो नेपालसँगको सीमा

दोस्रोचरणको निर्वाचनका लागि भारतले बन्द गर्‍यो नेपालसँगको सीमा


भद्रपुर

नेपाल भारत सीमा क्षेत्र मंगलबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताए ।

उनका अनुसार वैशाख ५ गते ( भोली ) भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीमाना जोडिएका पानी ट्यांकी नक्सालवाडी लगायत क्षेत्रमा लोकसभा सदस्यको निर्वाचन हुने भएकाले सुरक्षालाई ध्यानमा राखेर भारतीय पक्षले हिजो बेलुका ६ बजेदेखि पानी ट्यांकीमा सीमा बन्द गरेको हो ।

बिहीबार बेलुका ६ बजेसम्म गरिएको बन्दबाट नेपालमा रहेका भारतीय र सिलगुडीमा रहेका नेपालीलाई आवातजावतको बाधा नपुगोस् भनेर सीमामा गएराती जाँँच गरी बेलुका १० बजेसम्म छाड्न सकिने भारतीय प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिएको उनले बताए ।

तीन दिनसम्म सवारी साधन सहित कुनै पनि व्यक्ति हिँड्न नपाउने गरी नेपाली सुरक्षाकर्मीसँग सहकार्य गरेर भारतीय सुरक्षाकर्मी बाक्लो रुपमा उपस्थित छन् ।
रासस

Logo