सेञ्चुरी बैंकले ६.५० प्रतिशत लाभांश दिने

सेञ्चुरी बैंकले ६.५० प्रतिशत लाभांश दिने


काठमाडौँ

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको कुल चुक्ता पुँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको दुई प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २ सय ४७ रुपैयाँ बराबरको सेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै बैंकले चुक्ता पुँजीको ४।५ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ७० हजार ८ सय ५ रुपैयाँ लाभांश दिने निर्णय गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमकाअनुसार नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिनेछ ।

Logo