यौनसम्पर्क राख्नेवित्तिकै पुरुषलाई किन लाग्छ निन्द्रा ?

यौनसम्पर्क राख्नेवित्तिकै पुरुषलाई किन लाग्छ निन्द्रा ?


एजेन्सी । यौनसम्पर्क भएपछि प्राय पुरुषहरु निदाउने गर्छन् । तर महिलाहरु यौनसम्पर्कपछि पनि आफ्नो पार्टनरसँग थप कुराकानी गर्न चाहन्छन् । यौनसम्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् ।

मार्क लेनर र बिली गोल्डबर्गले आफ्नो किताव ‘यौन सम्पर्कपछि पुरुष किन निदाउँछन् ?’ मा यसको कारण उल्लेख गरेकी हुन् । तर, के वास्तवमै यौनसम्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौनसम्पर्क राख्ने वित्तिकै निन्द्रा लाग्छ ?

सामान्यतयाः रातको समयमा यौनसम्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, यौनसम्बन्ध प्राकृतिक प्रक्रिया हो । यौनसम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु यौनसम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् ।

पुरुष अग्रानिज्म भने यौनसम्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै यौनसम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउने विभिन्न अनुसन्धानमा उल्लेख छ ।

यौन सम्पर्कपछि पुरुषलाई निन्द्रा लाग्नु बायोलोजिकल वा जैविक कारण रहेको हुन्छ । पहिलो कारण भनेको प्रोलेक्टिन नामक पदार्थ हो । यो पदार्थ चरमोत्कर्ष (अर्गाजम) लगत्तै शरीरमा उत्पन्न हुने गर्छ । शरीरमा यसको मात्रा बढेपछि आनन्द र थकान महसुस हुने गर्छ । महिलाभन्दा पुरुष पहिला चरमोत्कर्षमा पुग्ने भएका कारण उनीहरू छिटो निदाउने गर्छन् ।

त्यस्तै यौन सम्पर्कका क्रममा ऊर्जा खपत हुने गर्छ । यसले गर्दा मांसपेशीमा इनर्जी उत्पादन गर्ने तत्व ग्लाइकोजनमा कमि आउँछ । र पुरुष निदाउँछन् ।यसबाहेक चरमोत्कर्षपछि अक्सिटोसिन, गेमा अमिनो व्युटिरिक एसिड र एन्डोर्फिनको प्रभावले हल्कापन महसुस हुने गर्छ र निन्द्रा लाग्छ ।

यौन सम्पर्कपछि महिला ननिदाउँनुको कारण पुरुषको चरमोत्कर्ष शरीर बाहिर हुने भएकाले ऊर्जाको हानि बढी हुन्छ । तर यसको ठीक विपरीत, महिलाको चरमोत्कर्ष भने शरीरभित्र हुने गर्छ । यस क्रममा महिलाको शरीरभित्र नै ऊर्जा विसर्जन हुने भएकाले ऊर्जाको हानि त्यति हुँदैन । फलस्वरुपः चरमोत्कर्षपछि महिला रोमांचित हुन्छन् र गफ गर्न मन पराउने गर्छन् ।

Logo