आज पनि मेघगर्जन सहित वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

आज पनि मेघगर्जन सहित वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम


आज बिहानैदेखि देशैभरिकाे माैसममा बदलाव आएकाे छ । देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भु-भागमा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित वर्षासमेत हुने सम्भावना रहेकाे छ । आज देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदली रहि बांकी भू-भागमा आंशिक बदली रहने र पहाडी भु-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुनेछ ।

भाेलि आइतबार देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहने र पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने महाशाखाकाे अनुमान छ । साथै पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हावाहुरीको सम्भावना पनि छ ।

पर्सि साेमबार पनि देशैभर माैसम बदली हुनेछ ।

Logo