नेपाल भ्रमण वर्ष – २०२० पोखराबाट

नेपाल भ्रमण वर्ष – २०२० पोखराबाट


पोखरा

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ शनिबार पोखराबाट गरिँदैछ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रुपमा मनाउँदै विदेशी पर्यटक आगमन अहिलेको भन्दा झण्डै दोब्बर बनाउने लक्ष्य राखेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । यो संख्यालाई दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन थालेको नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले बताए ।

‘औपचारिक रुपमा नेपाल भ्रमण वर्ष शनिबार पोखराबाट सुरु हुँदैछ । अहिलेसम्म मौखिक र कागजी रुपमा केही काम भए पनि औपचारिक शुभारम्भ अब हुँदैछ,’ पौडेलले भने, ‘त्यसको तयारीमा सिंगो टिम र सरकार नै लागेको छ ।’ पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हुने भन्दै सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन थालेको उनले बताए । ‘अहिलेको आगमनलाई दोब्बर बनाउन सकियो भने त्यसले मुलुकको आर्थिक अवस्था नै उकास्छ । त्यही उद्देश्य पूरा गर्न सरकारले भ्रमण वर्ष घोषणा गरेको हो,’ उनले भने, ‘यसले मुलुककै पर्यटन क्षेत्रलाई चलायमान बनाउने र नेपालमा आउने विदेशी पर्यटकको संख्या बढाउने मात्र नभई भविष्यका लागि पनि नेपाललाई गन्तव्य बनाउने गरी प्रवद्र्धन गर्नेछ ।’

पोखराबाट सुरु हुने यो अभियान देशका विभिन्न सहरमा सञ्चालन गरिने उनले बताए । नेपाल घुम्न जान उपयुक्त छ भन्ने सन्देश यो अभियानमार्फत अन्तर्राष्ट्रिय बजारसम्म फैलाउँदै आगमन बढाउने उनले बताए ।
नागरिकबाट

Logo