सुडानमा सैनिक शासन लागू, तीन महीनाका लागि संकटकाल घोषणा

सुडानमा सैनिक शासन लागू, तीन महीनाका लागि संकटकाल घोषणा


सुडान

सुडानमा सैनिक शासन लागू भएको छ । झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल बशीरलाई सत्ताच्युत गरेर गिरफ्तार गरिएको रक्षामन्त्रीले जनाएका छन् ।

सरकारी टेलिभिजनमा बोल्दै रक्षामन्त्री अवाद इब्न ओउफले भने, ‘देशको सेनाले अब दुई बर्षे संक्रमणकालको जिम्मा लिनेछ र त्यसपछि निर्वाचन हुनेछ ।’ उनले देशमा तीन महिनाको लागि संकटकाल लागु गरिएको पनि जनाएका छन् ।

गत केही महिना यता सन् १९८९ देखि सुडानमा शासन गर्दै आएका राष्ट्रपति अल बशीरका विरुद्ध विभिन्न विरोध प्रदर्शनहरू हुँदै आएका थिए । यस्तै गिरफ्तारमा परेका अल बशीरलाई भने सुरक्षित स्थानमा राखिने उनले जनाएका छन् ।
एजेन्सी

Logo