सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम


काठमाडौं

नेपाल चिकित्सक संघले आन्दोलनरत सरकारी चिकित्सकको समस्या वार्ता र संवादको माध्यमद्वारा समाधान गर्न आग्रह गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ ।

संघका महासचिव डा लोचन कार्कीले विहिवारदेखि ७२ घण्टाभित्र वार्ता र संवादको माध्यमबाट समस्याको समाधान निकाल्न माग गरिएको बताए । संघले चिकित्सकको समायोजनका सम्बन्धमा विस्तृत छलफल गरी सरकारलाई अल्टिमेटम दिएको हो ।

काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ, नागरिक समाजका प्रतिनधि लगायतका चिकित्सा पेशासँग संलग्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुबीच विहिवार छलफल गरिएको थियो । चिकित्सकको माग र संवेदनशीलतालाई बेवास्ता गर्दै पेशागत मान मर्यादालाई अवमूल्यन गरिए संघले सशक्त ढंगले विरोधका कार्यक्रम मुलुकभर सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुलाई संघबाट घोषणा हुने सशक्त विरोधका कार्यक्रमहरुको लागि तयारी अवस्थामा बस्न समेत अनुरोध गरिएको छ । संघबाट घोषणा गरिने आन्दोलनका कार्यक्रमहरुबाट स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने जनाइएको छ ।
अन्नपूर्णबाट

Logo