केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

२०७५ को समीक्षादेखि पब्जी प्रतिबन्धसम्म

२०७५ को समीक्षादेखि पब्जी प्रतिबन्धसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज, चल-अचल सम्पत्ति प्रदेश सरकारलाई

सरकारले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । यो हप्ताको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिए ।

सरकारलाई झटारोः टुँडिखेलको जग्गा पास गरि पाउँ भन्दै निवेदन

सत्तारुढ दल नेकपा महासचिव विष्णु पौडेलले सिंहदरबारभित्र नै जग्गा किनेको विषयले निकै चर्चा पाईरहेको छ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा महासचिव पौडेलको पनि जग्गा रहेको खुलेपछि यसले निकै चर्चा पाएको हो । व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएका हुन् ।

सञ्चारमन्त्रीको निर्देशनपछि नेपालमा PUBG खेलमाथि प्रतिबन्ध

सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन् ।

बेलायती चर्चमा जानेको संख्या घट्दै, नेपालमा दिन प्रतिदिन बढ्दै

क्रिश्चियनहरुको एक प्रमुख देश बेलायतमा पछिल्लो समय चर्च जानेहरुको संख्या घट्दै गएको छ । बेलायतका विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार दिनप्रतिदिन चर्च थाउनेहरुको संख्या बढ्दै गएको हो । चर्चहरुमा हुने ज्यादती, यौन दुव्र्यवहार जस्ता कारणले धेरै बेलायतीहरु चर्च जान छाडेका हुन् ।

बेलायतमा चर्च जानेको संख्या घटेर शुरुमा सातै दिन खोल्ने चर्च अहिले आईतबार मात्र खोल्नेमा पुगेका छन् । हरेक बर्ष चर्च अफ ईण्ल्याण्डले कम्तिमा एक दर्जन चर्च बिक्री गरिराखेको छ । बीबीसीले सार्वजनिक गरेको विवरण अनुसार सन् २००१ मा ४१ लाख जनाले चर्चहरुको भ्रमण गरेका थिए । अर्थात ४१ लाख क्रिश्चियनहरुले प्राथनाको लागि चर्च गएका थिए । तर पछिल्लो समय आएर यो संख्या घढ्दै गएको छ । सन् २००२ मा ४० लाख मानिसहरुले चर्चको भ्रमण गरेको बीबीसीको रिर्पोटमा उल्लेख गरिएको छ ।

‘विष्णु पौडेल अपराधी होईनन्, जग्गा दलालबाट ठगीमा पर्नुभो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल जग्गा खरिदमा ठगिएको बताएका छन् । प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै ललिता निवासको जग्गामा समस्या देखिएकोले सत्यतथ्य छानविन गर्न सरकारले समिति बनाएको बताएको दाबी गरे । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउने क्रममाः सञ्चारमन्त्री बाँस्कोटाले महासचिव पौडेल जग्गा किन्दा ठगिएको दाबी गरे ।

को को हुन् २०७५ का बर्ष व्यक्तिहरु ? (भिडियो रिपोर्ट)

को को हुन् २०७५ मा विवादित व्यक्तिहरु ? (भिडियो रिपोर्ट)

चौध हजार शिक्षक स्थायीमा सिफारिस, छुट अस्थायीको आन्दोलन जारी

‘पूर्वराजा’ ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु

वीर अस्पतालमा विरामीहरुको बिचल्ली (भिडियोमा)

विकिलिक्सका संस्थापक जुलियन लण्डनबाट पक्राउ

एउटै मञ्चबाट प्रचण्ड र शशांकको स्वीकार, ‘सहकार्य विनाको राजनीति शून्य’

आन्दोलनरत चिकित्सकप्रति विरामी आक्रोशित, ‘डाक्टरले आफ्नो धर्म छाडें’

अपडेटः जीप दुर्घटनामा पूर्व सांसदसहित ३ जनाको मृत्यु

सुदूरपश्चिम कलाकार मञ्च गठन, अध्यक्षमा राजेन्द्र शाह चयन

भारतमा आज पहिलो चरणको निर्वाचन 

पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक (तस्बिरसहित)

नेपाल एग्रो लघुवित्तको आइपीओ आउँदै

यौन सम्बन्धलाई कसरी आनन्दित र स्मरणीय बनाउने ? जान्नुहोस १० टिप्स

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo