कवि तारानाथ गौतमको तेस्रो कृति ‘छठ पर्व’ विमोचन (भिडियोमा)

कवि तारानाथ गौतमको तेस्रो कृति ‘छठ पर्व’ विमोचन (भिडियोमा)


कवि तारानाथ गौतमको छठ पर्व खण्डकाव्य विमोचन गरिएको छ । बुधबार काठमाडांैमा एक कार्यक्रम आयोजना गरि पुस्तक लोकार्पण गरिएको हो । गीतकार, साहित्यकार तथा कवि गौतमको यो तेस्रो कृति हो ।

उक्त कार्यक्रममा बिशिष्ट अतिथीमा साहित्यकार, समालोचक तथा लेखक डा.बलदेव ‘गाउँले’ अधिकारी, छन्दका बरिष्ठ कवि प्रभात पोखरेल, बरिष्ठ गीतकार तथा गीतकार संघका अध्यक्ष चुणामणी देवकोटा, प्राज्ञ तथा संस्कृतीविद, वरिष्ठ गायक तथा संगीतकार धिरेन्द्र प्रेमर्षि, बरिष्ठ पत्रकार, पत्रकार संघका पूर्वअध्यक्ष तथा साहित्कार धर्मेन्द्र झा, बरिष्ठ संगीतकार शक्ति बल्लभ आदीको उपस्थिति रहेको थियो ।

डा. बलदेव गाउँले अधिकारीले कविलाई नयाँ भानुभक्तको उपमा दिए । उनले अधिकारीलाई पहिलो मधेस र पहाडलाई जोड्ने महानायक भएको बताए । छन्द कवि प्रभात पोखरेलले छठ पर्वमा कविले आफ्नो सिप अत्यन्त कलात्मक तरिकाले प्रस्तुत गरेको बताए ।

https://www.youtube.com/watch?v=wFbdy_xqEMI

Logo