जब तीन वटा माहुरी आँसु पिउनकै लागि युवतीको आँखामा पसे !

जब तीन वटा माहुरी आँसु पिउनकै लागि युवतीको आँखामा पसे !


ताइपेई

ताइवानमा डाक्टरले एक युवतीको आखाबाट तीन वटा जिउदो माहुरी निकालेका छन् । फुयिन मेडिकल युनिभर्सिटीका डाक्टर हङ ची– टिङ का अनुसार यी माहुरी स्वेट–बी को नामले परिचित छन् । यो प्रजातीका माहुरी पसिनाबाट आकर्षित हुने गर्छन् ।

ताइवानकी यी २० वर्षकी युवतीको आँखाबाट विगत केही समयदेखि आँसु आउने गरेको थियो । यसैबाट आकर्षित भएर माहुरी आँसु पिउनका लागि आँखामा प्रवेश गरेका हुन् । युवतीको आँखाबाट जब माहुरी निकालियो, माहुरीले उनको आँखाको पुरै आँसु पिइसकेका थिए ।
एजेन्सी

Skip This
Logo