२०७५ समीक्षा: युट्युबमा भाईरल बनेकाहरु (भिडियो रिपोर्ट)

२०७५ समीक्षा: युट्युबमा भाईरल बनेकाहरु (भिडियो रिपोर्ट)


आदिकवि भानुभक्तको एक पात्र घाँसीले ‘नाम क्यै रहोस् भनी कुवा खनाए’ । अहिले नेम र फेमको लागि कुवा खनाउनुपर्दैन्, चौतारा बनाउनुपर्दैन, पाटीपौवा बनाउनुपर्दैन् । बस, केही फरक गरे पुग्छ । समाजमा अरुले जे गर्दछ, त्यसलाई फरक ढंगले गरे हुन्छ । बाँच्ने शैली फरक अपनाए हुन्छ । रमाउने तरिका फरक भए हुन्छ । यति भएपछि अहिले रातारात ‘भाइरल’ हुन सकिन्छ ।

कोही रहरले भाइरल भएका छन्, कोही कहरले भाइरल भएका छन् । कोही ख्यालख्यालैमा भाइरल भएका छन्, कोही बलबुतोले भाइरल भएका छन् । कोही अरुको कारणले भाइरल बनेका छन्, कोही आफ्नै मर्जीले । जमाना भाइरलको जो छ ।

आज हामी युट्युवमा भाइरल भएका तिनै व्यक्तिहरुको चर्चा गर्दैछौ, जो २०७५ सालमा भाइरल बने । यो बर्ष को–को के कारणले भाइरल भए ? भाइरल भएका मध्ये कोहीले नेम र फेम कमाए, कोहीले सहयोग पाए । कतिपयको जीवनमा नसोचेको नै परिवर्तन आयो । आखिरमा उनीहरुको लागि यो बर्ष शुभ रह्यो ।

भाईरल भएका व्यक्तिहरुबारे विस्तृत भिडियो रिपोर्ट

Logo