कृष्णप्रसाद सिटौला भन्छन्, ‘देउवाले मेरो साह्रै अपमान गरे’

कृष्णप्रसाद सिटौला भन्छन्, ‘देउवाले मेरो साह्रै अपमान गरे’


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन् । नेता सिटौलाले पार्टी भित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भईरहेको बताए ।

जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इमान्दार, सक्षम व्यक्तिहरुलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टी भित्र कसरी एकता हुन्छ ? भनि प्रश्न पनि गरे ।

नेता सिटौलाले युवाहरु सक्षम र इमान्दार भएपनि पार्टी नेतृत्वले सधैं किनारामा पु¥याउने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले संवैधानिक आयोगहरुको नियुक्तीमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना गरे ।

नेता सिटौलाले पार्टी भित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी आज कम्जोर अवस्थामा पुगेको स्पष्ट पारे ।

Logo