चट्याङले लिन्छ हरेक वर्ष ८२ जनाको ज्यान, कसरी बच्ने ?

चट्याङले लिन्छ हरेक वर्ष ८२ जनाको ज्यान, कसरी बच्ने ?


काठमाडौं । चट्याङले हरेक वर्ष ८२ जना नेपालीले ज्यान गुमाईरहेका छन् । राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका अनुसार हरेक वर्ष ८२ जनाले ज्यान गुमाईरहेका हुन् । चट्याङले मानवीय मात्रै नभई भौतिक क्षति पनि उत्तिकै गर्ने गर्छ । चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र हुँदा विशेष सावधानी अपनाउनुपर्ने केन्द्रले जनाएको छ ।

घर बाहिर पौडिने, माछा मार्ने, र्‍याफ्टिङ नगर्ने, खुल्ला मैदान र भिडभाडमा नबस्ने, फुटबल क्रिकेट, गल्फ जस्ता खेलहरु तुरुन्त बन्द गरे क्षति कम गर्न सकिने केन्द्रको भनाई छ । त्यस्तै घर भित्र हुँदा तारसहितको टेलिफोन प्रयोग नगर्ने, यदि अत्यावश्यक अवस्थामा प्रयोग गर्नै पर्ने भए मोबाइल वा कर्डलेस फोन मात्र प्रयोग गर्न केन्द्रको सुझाव छ ।

केन्द्रले टिभी, कम्युटर, फ्रिज जस्ता विद्युतीय सामाग्रीहरु प्रयोग बन्द गरेर त्यस्ता सामाग्रीलाई प्लगबाट छुटाएर राखे चट्याङबाट हुने क्षति कम हुने जनाएको छ । धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने काम नगर्ने यदि नुहानै परे बाल्टिनको पानीले नुहाउने वा धुने काम गर्न पनि उसले सुझाव दिएको छ ।

Logo