कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित


आज (शनिबार)का लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्तत: स्थगित भएको छ।

शिर्ष नेताहरु बीच सहमति जुट्न नसकेकाले बैठक स्थगित गरिएको बुझिएको छ।  बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डा थियो।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समिति भने गठन गरिसकेको छ।

Skip This
Logo