लाजिम्पाटमा आगलागी: एकको मृत्यु, २ जना घाइते

लाजिम्पाटमा आगलागी: एकको मृत्यु, २ जना घाइते


काठमाडौंको लाजिम्पाटस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। नील सरस्वती चैतन्य मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा शुक्रबार राति आगो लाग्दा ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले मृतक थापा उक्त घरमा भाडामा बस्ने गरेको पुष्टि गरे। आगलागीमापरेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा बर्दिया राजापुर ९ का ३२ वर्षीय विवेक शाही र उनकी श्रीमती २५ वर्षीया गंगा रहेकी छन्। उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

प्रहरी, दमकल र स्थानीयले आगो निभाएका थिए।

फोटो: सांकेतिक

Logo