फिफा वरियतामा नेपालको स्थान यथावत

फिफा वरियतामा नेपालको स्थान यथावत


काठमाडौं ।

नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको वरियता अनुसार नेपाल १७१ औँ स्थानमा यथावत रहेको छ ।

नेपालले एक महिना यता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको छ । बङ्गलादेश फिफा बरियतामा दुई स्थान तल झरेको छ । गत साता बङ्गलादेश विश्वकप छनोट अन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४ औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६ औँ स्थानमा रहेको छ ।

फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १० औँ स्थानमा रहेको छ ।रासस

Logo