अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दायर

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दायर


काठमाडौं ।

अमेरिकामा सामाजिक सञ्जाल फेसबुकलाई टुक्र्याउने विषयमा मुद्दा दर्ता भएको छ । अमेरिकाका सङ्घीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी रुपमा आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पारेको भन्दै फेसबुक कम्पनीविरूद्ध मुद्दा दर्ता गरेका छन् ।

४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छिन्। अधिकारीहरूले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई किन्ने वा सिध्याउने शैली लिएको आरोप लगाएका छन्।

अधिकारीहरूले फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किन्ने काम प्रतिस्पर्धा किन्ने काम भएको बताएका छन्। तर फेसबुकले ती कम्पनी त्यसबेला निकै साना रहेको बताएको छ। उनीहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेका छन्। फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँ अघि स्वीकृत गरिसकेको जनाएको छ।

फेसबुककी एकजना बरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्यूजस्टिडले भनेकी छन्, सरकारले फेरि उही कुरा दोहोर्याउन चाहेको छ। त्यसले अमेरिकी व्यवसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिएको छ।अन्नपूर्णबाट

Logo