हावाहुरीमा घाइते भएकाहरुले अस्पताल भरियो , ठाउँ र रगत अभाव

हावाहुरीमा घाइते भएकाहरुले अस्पताल भरियो , ठाउँ र रगत अभाव


पर्सा

आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ। भिषण आँधी हुरीमा परेर बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा वढी घाइते भएका छन् ।

घाइते सबैलाई अस्पताल पठाइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार हावाहुरीमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । पर्साका एक जनाको शव भेटिएको एसपी रेवती ढकालले जनाएका छन् । दुई जिल्लामा गरी २८ को शव भेटिएको छ ।

नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा ठाउँ नभएर आउने सबै घाइतेहरूलाई नेसनल मेडिकल कलेजमा पठाइएको पर्साका एसपी रेवती ढकालले जानकारी दिएका छन् । हावाहुरिपछि घाइतेहरूको संख्या बढ्दा वीरगञ्जका अस्पतालहरूमा रगत अभाव भएको जानकारी आएको छ । प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाका अनुसार अस्पतालहरूमा रगत अभाव भएको जानकारी आएको छ ।

आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५०० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।
अन्नपूर्णबाट

Logo