फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गरिने

फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गरिने


काठमाडौँ

कर्मचारी अभावलाई पुरा गर्न सरकारले चैत महिनाभित्र २० हजार कर्मचारी भर्नाको तयारी सुरु गरेको छ । कर्मचारी समायोजनको काम पुरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रमा रहेको कर्मचारी अभाव हटाउन नयाँ भर्नाको तयारी गरेको हो ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत महिना भित्रै करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरू भएको बताउदै भने , ‘अब गरिने भर्ना फास्ट ट्रयाकबाट हुनेछ । फास्ट ट्रयाकबाट भर्ना गरेनौ भने प्रक्रिया लम्बिन्छ ।’ स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी आवश्यक पर्ने भएकाले कर्मचारी भर्ना गर्न फास्ट ट्रयाकको बाटो अपनाउनु परेको पण्डितले जानकारी गराए ।

पण्डितले फास्ट ट्रयाकबाट कर्मचारी भर्ना गर्न लोकसेवा आयोगसँग परामर्श भइरहेको बताउदै यसमा आयोगले पनि सहमति जनाएको बताए । उनले भने, कर्मचारी भर्ना करिब करिब सबै प्रक्रिया टुंगिसकेको छ । यसमा अब हामी अन्तिम चरण छौं ।’

प्रदेश लोकसेवा आयोगको स्थापना नभएसम्म्म प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी संघीय लोकसेवा आयोगले भर्ना गर्न सक्ने व्यवस्था छ । सो व्यवस्था अनुसार यसपटक संघीय लोकसेवा आयोगले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको पण्डितले जानकारी गराए ।
नागरिकबाट

Logo