भाइले काटिदिए दाजुका दुवै हात

भाइले काटिदिए दाजुका दुवै हात


ओखलढुंगा

खोटाङमा एक युवाले आफ्नै दाजुका दुवै हात काटिदिएका छन् । केपिलासगढी गाउँपालिका ७, सुङ्देलका २२ वर्षीय बालकुमार राईले आफ्नै दाजु २५ वर्षीय अष्टबहादुर राईका दुवै हात काटेका हुन् ।

घरायसी विवादका कारण घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केशीले बताए । घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए ।

हात काट्ने भाइ बालकुमारलाई भने प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरेको छ । पारिवारिक विवाद भए पनि घटनाबारे अनुसन्धान भइरहेको डिएसपी केशीले बताए । बिहीबारको घटना भएपनि प्रहरीले ढिला गरी सूचना पाएको हो ।
अन्नपूर्णबाट

Logo