गुनासो दर्ता गराएका भूकम्पपीडितको सर्वेक्षण शुरु

गुनासो दर्ता गराएका भूकम्पपीडितको सर्वेक्षण शुरु


काठमाडौँ

‘निजी आवास अनुदान लाभग्राहीमा नपरेको भनी’ गुनासो दर्ता गराएकामा गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण शुरु भएको छ ।

प्राधिकरणबाट स्थानीय तहमा खटिएका इञ्जिनीयरमार्फत शुक्रबारदेखि स्थलगत लगत सङ्कलन शुरु गरिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले भूकम्प प्रभावित अन्य जिल्लामा एकै साथ आगामी चैत २० बाट मात्र सर्वेक्षण शुरु गर्ने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

“कुनै वास्तविक पीडित नछुटून् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिश र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाएको छ, प्राधिकरणले सम्पूर्ण स्थानीय तहका पदाधिकारीहरुलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत सङ्कलन कार्यमा सहयोग गरिदिन आग्रह गर्दछौँ”, प्रवक्ता घिमिरेले भन्नुभयो । त्यसैगरी छुट तथा पुनः जाँच सर्वेक्षण २०७४ मा लगत सङ्कलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमा भित्र नयाँ दर्ता गरिएका गुनासाको पनि सर्वेक्षण गरिनेछ । सर्वेक्षण ०७६ वैशाख मसान्त सम्ममा सक्ने कार्यक्रम रहेको छ ।
रासस

Logo