#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559197034795028751562368864
नेपाल6824566112

लगातार दुई खेलमा पराजय पछि नेपाललाई मुस्किल : एसिया कप

काठमाडौँ

लगातार दुई खेलमा पराजय बेहोरेपछि अर्को महिना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप खेल्ने नेपालको सम्भावना मुस्किल देखिएको छ । नेपाल बिहीबार भएको खेलमा संयुक्त अरब इमिरेट (यूएई) सँग ७८ रनको भारी अन्तरले पराजित हुन पुग्यो ।

यससँगै भारत र पाकिस्तानका सिनियर राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपालको योजना पनि मुस्किल देखिएको छ । आफ्नो पहिलो खेलमा बुधबार ओमानसँग सात विकेटले पराजित भएको नेपाललाई छनोट सम्भावना सहज बनाइराख्न मलेसियामा जारी छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार यूएईलाई पराजित गर्नुपर्ने बाध्यता रहेको थियो ।

अब नेपाललाई छनोट प्रतियोगिताको फाइनल खेल्दै एसिया कपको छनोट पक्का गर्न बाँकी रहेको आफ्नो सबै खेलमा जित हात पारेर मात्रै पनि पुग्ने छैन, अन्य टोलीको खेलमा पनि निर्भर पर्नु पर्नेछ । राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेलेपछि विजेता एक टोली आगामी सेप्टेम्बरको १५ देखि ३० तारिखसम्म यूएईमा हुने एसिया कपमा छनोट हुनेछन् ।

मलेसियाको किनारा ओभल एकेडेमीमा भएको खेलमा बलिङतर्फ सन्तोषजनक प्रदर्शन गरे पनि ब्याटिङतर्फ कमजोर प्रदर्शन गर्दा नेपाल पराजित हुन पुग्यो । टस हारी पहिले फिल्डिङको निर्णय गरेको नेपालले यूएईलाई निर्धारित ५० ओभरमा नौ विकेट लिँदै दुई सय ५४ रनको योगफलमा रोकेको थियो । जवाफी ब्याटिङमा आएको नेपाल ४८.५ ओभरमा एक सय ७६ रनमै समेटिए पछि भारी अन्तरको पराजय बेहोर्न बाध्य भएको हो ।
अन्नपूर्णबाट

 

सम्बन्धित समाचारहरु

ताजा समाचार