संसारमै नबनेको कथामा फिल्म बनाएको छु: ज्योतिषी हरिहर अधिकारी (भिडियोमा)

संसारमै नबनेको कथामा फिल्म बनाएको छु: ज्योतिषी हरिहर अधिकारी (भिडियोमा)


काठमाडौं । चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैंछ । उनी ज्योतिष विज्ञानबाट चर्चामा छन् । अब उनको युवा ज्योतिष मात्र नभएर अभिनेताको समेत ट्याग लागेको छ ।

फरक र नवीनतम कथा पस्किएको बताउँदै आएका हरिहर फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । सर्वसाधारणदेखि फिल्मकर्मीको समेत चिना र हात हेरेर भुत र भविष्य बताएका उनी पहिलो पटक आफ्नै फिल्मको भाग्य हेर्ने कुर्सीमा विराजमान छन् ।

‘शुभ लभ’ ले फेरि एकपटक दर्शक हलसम्म पुग्ने वातावरण निर्माण गर्नेमा उनी विश्वस्त छन् । उनले संसारमै नबनेको कथामा फिल्म बनाएको दाबी गरेका छन् ।

Logo