आईपीएलः सन्दीपले तेस्रो खेलमा खेल्ने सम्भावना, बन्यो यस्तो भिडियो

आईपीएलः सन्दीपले तेस्रो खेलमा खेल्ने सम्भावना, बन्यो यस्तो भिडियो


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलबाट अनुबन्धित छन् । आईपीएल २०१९ को खेलमा दिल्ली क्यापिटलले २ खेल खेल्दा पनि सन्दीपले खेल्न पाएका छैनन् ।

जसका कारण नेपाली क्रिकेट समर्थक तथा खेलप्रेमि अचम्ममा परेका छन् । उनलाई सुरुवातामै खेलाईने अपेक्षा गरिएको थियो । तर दुई खेलसम्म त्यो पुरा हुन सकेको छैन् । अब तेस्रो खेलमा भने सन्दीपको सम्भावना देखिएको छ ।

आईपीएलमा दिल्लीले खेलेका दुई खेलमा एक जीत र एक हार बेहोरेको छ । पहिलो खेलमा जीते हात पारेको दिल्लीले दोस्रो खेल घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा पराजित भएको थियो ।

उक्त खेलमा सन्दीप प्लेइङ ११ मा नपर्दा अर्का स्पिनर अमित मिश्रा मैदान उत्रिएका थिए । दोस्रो खेलमा दिल्ली पराजित भइसकेपछि कतिपयले दिल्लीले स्पिनरमा जोड दिनुपर्ने बताउँदै आइरहेका छन् ।

दिल्लीले पछिल्लो पटक सन्दीपले घडी हेरिरहेको तस्वीर सार्वजनिक गरेको थियो । मुम्बईविरुद्धको खेल अगाडि सार्वजनिक भएको उक्त तस्वीरमाथि नेपाली खेल समर्थक र विश्लेषकले सन्दीप मैदान उत्रिने आधार प्रस्तुत भएको विश्लेषण गरेका थिए । तर, त्यसो हुन नसकेन ।

अब, दिल्लीले आफ्नो तेस्रो खेलको दुई दिन अगाडि विहीवार (आज) एक भिडियो सार्वजनिक गरेको छ । जसमा सन्दीप अभ्यास स्थलमा देखिन्छन् । गाइडले सन्दीपलाई क्याच गर्न बल फ्याकिरहेका छन् । आकाश तिर उडाइएको उक्त बल क्याच गर्न सन्दीप पछाडि दौंडिँदै उक्त बल क्याच गर्छन् ।

उक्त भिडियोको क्याप्सनका रुपमा दिल्लीले भनेको छ “यदि तपाई सन्दीप लामिछाने होइन भने पछाडि दौडिएर क्याच लिने गाह्रो हुन्छ ।” अभ्यासमा रहँदा सन्दीप निकै असिन पसिन भएको देखिन्छ । जसमा उनी पसिनाले भिजेको प्रष्ट देखिन्छ । उक्त भिडियोमाथि सन्दीपका नेपाली तथा विदेशी फ्यानहरुबीच बहस भइरहेको छ ।

कसैले दिल्लीले सन्दीपलाई किन खेलाएन भनेर प्रश्न गरिरहेका छन् भने केहीले दिल्लीले विश्व भरका लिगमा आफूलाई प्रमाणित गरिसकेका सन्दीपमाथि दिल्लीले विश्वास गर्न नसकेको टिप्पणी गरिरहेका छन् । उक्त भिडियोपछि तेस्रो खेलमा सन्दीप मैदानमा उत्रिने सबैले विश्वास लिएका छन् ।

Logo