घर भत्किँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

घर भत्किँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते


जुम्ला । घर भत्किँदा १ जनाको मृत्यु भएको छ । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा रत्नराज गिरीको मृत्यु भएको हो । गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो ।

घर भत्किँदा गिरी र उनकी श्रीमती घाइते भएका थिए । उपचारको क्रममा बिहीबार गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घर भत्किँदा गम्भीर घाईते भएकी श्रीमतीको अवस्था भने चिन्ताजनक रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

Logo