एसईईमा विज्ञानको परिक्षा दिएपछि के भनिन् करिष्माले ? (भिडियोमा)

एसईईमा विज्ञानको परिक्षा दिएपछि के भनिन् करिष्माले ? (भिडियोमा)


लामो समय चलचित्र क्षेत्रको रंगीन दुनियाँमा हराएकी नायिका करिश्मा मानन्धर राजनीतिक क्षेत्रको सक्रियतापछि स्कुले जीवनमा फर्किइन् । उनी ४७ वर्षको उमेरमा एसईई परीक्षामा सामेल भएर उमेरले पढाइलाई छेक्दैन भन्ने सन्देश समाजमा दिन सफल भएकी छिन् ।

अभिनेत्री करिश्मा मानन्धरले नेपाली चलचित्रमा धेरैपटक क्याम्पस विद्यार्थीको चरित्र निर्वाह गरिन् । तर चलचित्रमा सफल यी अभिनेत्रीसँग खासमा क्याम्पस पढ्नका लागि आवश्यक प्रमाणपत्र भने छैन । त्यसैले करिश्मा चैत्र १० गते क्याम्पस उच्च शिक्षा अध्ययनका लागि पार गर्नुपर्ने माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी भइन् ।

१४ वर्षको उमेरमा सात कक्षा पढ्दापढ्दै चलचित्र क्षेत्रमा लागेपछि करिश्माको अध्ययन त्यतिमै सिमित भयो । २०७२ मा काठमाडौंको एउटा निजी विद्यालयमा ८ कक्षामा भर्ना भएर उनले चैत्र १० गते डिल्लीबजारको विजय स्मारक माविबाट परीक्षा दिइन् ।

पहिलो दिन अंग्रेजी विषयको जाँच दिएकी उनी परीक्षासँग डराएकी छैनन्, बरु उत्साहित छिन् । परक्षाको चौथो दिन विज्ञान विषयको परिक्षा दिएर घरजाने क्रममा हामीले उनीसँग एसईईको परिक्षा अनुभवका बारेमा केहि कुराकानी गरेका छौँ । बाँकि भिडियोमा ।

Logo