#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559197034795028759002368120
नेपाल6824566112

आज नेपालले आयोजक मलेसियाको सामना गर्ने : एशिया कप

काठमाडौँ

एशिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेल आज आयोजक मलेसियासँग खेल्दैछ ।

जारी प्रतियोगितामा दुई खेलमा नराम्रो पराजय भोगेको नेपाल अङ्क विहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ७८ रनले पराजित भएको थियो । दुई खेल खेलको मलेसियाले दुई अङ्क जोडेको छ । मलेसियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई चार अङ्क सहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक, एक खेलमा विजयी हङ्कङ र मलेसिया दुई, दुई अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ ।

छनोट खेल्ने ६ टोली मध्ये नेपाल र युएई आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ । ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ । छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली भदौ २८ देखि असोज १२ गते सम्म हुने एशिया कपमा सहभागी हुन पाउनेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार