विप्लवप्रति कठोर बन्दै सरकार, कहाँबाट कति पक्राउ ?

विप्लवप्रति कठोर बन्दै सरकार, कहाँबाट कति पक्राउ ?


काठमाडौंँ

प्रतिबन्ध लगाउने घोषणा गरेपछि सरकार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति निकै आक्रामक देखिएको छ । प्रतिबन्ध यता सरकारले नेकपाका नेता र कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थालेको छ । नेकपाका तेस्रो बरियताका नेता हेमन्तप्रकाश वली सहितका शीर्ष नेतासम्म पक्राउ परिसकेका छन् ।

त्यस्तै स्थायी समति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड हेमन्तप्रकाश वली, पोलिटब्यूरो सदस्य मोहन कार्की, कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ ’पुष्कर’, बुद्धिजीवी परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाही लगायत देशभरबाट ७४ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा प्रदेश नम्बर १ बाट १५ जना, प्रदेश २ बाट ७ जना, प्रदेश ३ बाट १२ जना, गण्डकी प्रदेशबाट २१ जना , प्रदेश ५ बाट ९ जना, कर्णाली प्रदेशबाट ५ र सुदूरपश्चिम प्रदेशबाट ५ जना विप्लव कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले विप्लवका नेता तथा कार्यकर्ता पक्राउ गर्नका लागि निरन्तर ‘सर्च अपरेसन’ पनि चलाइरहेको छ । सरकारले प्रहरीलाई विप्लवका कार्यकर्ता जहाँ भेटे पनि पक्राउ गर्न निर्देशन दिइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको पार्टीलाई चैतभित्र जसरी पनि मूलधारमा ल्याउने उद्‍घोष गरिसकेका छन् । उनको ‘जसरी पनि’ भन्ने शब्दांशले वार्ता भन्दा पनि दमनलाई संकेत गर्छ ।
नागरिकबाट

Logo