एक किशोर वेपत्ता, खोजीदिन परिवारको आग्रह

एक किशोर वेपत्ता, खोजीदिन परिवारको आग्रह


नवलपरासी । नवलपरासीमा एक किशोर चैत्र १० गतेदेखि वेपत्ता भएका छन् । बर्दघाट नगरपालिका २ पुनराबासका १५ वर्षीय प्रेम पाण्डे वेपत्ता भएका हुन् । घरबाट विद्यालय जान भनेर हिडेका उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

छबिलाल पाण्डे र रुपा पाण्डेका छोरा प्रेम ज्ञानगुन शिक्षा सदन माध्यामिक विद्यालयका विद्यार्थी हुन् । घरबाट स्कुल जान भनेर हिडेका छोरा अहिलेसम्म घर नफर्केपछि परिवार चिन्तामा परेको छ ।

बाबा र दुई बहिनीसँगै बस्दै आएका उनी हराएपछि प्रहरीले खोजतलासी गरिरहेको छ । उनकी आमा र १ दिदी भने वैदेशिक रोजगारीको लागि दुबई गएका छन् ।

छोरा हराएको पीडामा रहेकी उनकी आमाले उनलाई कहि कतै कसैले देखे भेटेमा बाबा छबिलाल पाण्डे मोबाइल नम्बरः ९८४६७९४१२१ अथवा नजिक को प्रहरी कार्यालयमा सम्पर्क गरिदिन समेत अनुरोध गरेकी छन् ।

Logo