युनियन हाइड्रोको आइपीओ खुल्यो, यस्तो छ कम्पनीको अबस्था

युनियन हाइड्रोको आइपीओ खुल्यो, यस्तो छ कम्पनीको अबस्था


युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ खुलेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता  आज (बुधबार) देखि बिक्रि शुरु गरेको हो । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।  आइपीओमा छिटोमा चैत १७ गते र ढिलोमा बैशाख १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

यो कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, ६ लाख २१ हजार ७९० कित्ता बिक्री भएको थिएन ।

कम्पनीको वित्तीय अवस्था र प्रक्षेपण

युनियन हाइड्रोपावरले ३  मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ । आयोजनाको कुल लागत ७९ करोड ४० लाख रहेको छ । प्रति मेगावाट लागत मूल्य २६ करोड ५० लाख हुने अनुमान गरिएको छ । आइपीओपछि कम्पनीमा प्रमोटर र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१.१६ः ४८.८३ प्रतिशत कायम हुनेछ ।

यो कम्पनीलाई इक्रा नेपालले ग्रेड ५ को रेटिङ दिएको छ।  यसको मतलब कम्पनीको अवस्था कमजोर छ बुझिन्छ । यो कम्पनीको आइपीओ लगानी गर्नेले आर्थिक वर्ष ०७७/७८ देखि मात्र रिटर्न पाउने अवस्था देखिन्छ । यो कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष ०७८/०७९ मात्र १०० रुपैयाँ माथि हुनेछ।

यो आयोजनाको प्रति मेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Logo