कण्टेनर र टाटासुमो ठोक्किँदा २ जनाको मृत्यु

कण्टेनर र टाटासुमो ठोक्किँदा २ जनाको मृत्यु


पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका ७ स्थित लेटाङमाकण्टेनर र टाटासुमो ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा अर्जुनधारा–४ बस्ने ४७ वर्षीय रामकुमार अछामी र झापा गौरादहका ४५ वर्षीय प्रकाश मगर रहेका छन्।  अछामीको घटनास्थलमै र मगरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन । गम्भीर घाइते भएका ५५ वर्षीय दुर्गा मगर र १४ वर्षीया पवित्रा मगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट पूर्व जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कण्टेनरलाई ओभरटेक गर्ने क्रममा सोही दिशामा जाँदै गरेको बा ११च ७९४८ नम्बरको टाटासुमोले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Logo