कांग्रेस नेता सिटौला ह्याम्स अस्पताल भर्ना, आइसियुमा उपचार हुँदै

कांग्रेस नेता सिटौला ह्याम्स अस्पताल भर्ना, आइसियुमा उपचार हुँदै


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन । सिटौलाको आइसियुमा राखेर उपचार भइरहेको छ।

रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको चिकित्सकहरुले जानकारी दिएको सिटौलाका सहयोगी किरण सिटौलाले बताए । डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन । रगतको मात्रा बढाउनका लागि नेता सिटौलालाई रगत दिईएको छ ।

Logo