निर्मला प्रकरणः पूर्व एसपी विष्टको बयान सकियो, फैसला शुक्रबार आउने

निर्मला प्रकरणः पूर्व एसपी विष्टको बयान सकियो, फैसला शुक्रबार आउने


कञ्चनपुर । निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको बयान सकिएको छ।

मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको बुधबार बयान सकिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

मंगलबार यातना सम्बन्धी मुद्दामा बयान लिईएकोमा आज प्रमाण नष्टको मुद्दामा बयान लिईएको हो । बयान सकिएसँगै आजै बहस पनि भएको छ । तर समय अपुग भएपछि शुक्रबार फेरि बहस हुनेछ ।

आज जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता देवराज भारती र सह न्यायधिवक्ता मोहन जोशी तथा प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका थिए ।

तर समय अपुग भएपछि बहस शुक्रबारका लागि सारिएको श्रेष्तेदार अवस्थीले जानकारी दिए । पूर्व एसपी विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

यसअघि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका ६ प्रहरी अधिकारी धरौटीमा रिहा भएका छन् । अझै सीआईबीका डिएसपी अंगुर जिसी फरार छ । उनलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ ।

निर्मला प्रकरणः एसपी दिल्ली विष्ट अदालतमा अदालतमा हाजिर

Logo