काठमाडौं उपत्यकामा आज ४९६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज ४९६ जनामा कोरोना पुष्टि


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३९३, भक्तपुरमा ३९ र ललितपुरमा ७५ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९१ हजार ५७७ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ३३६ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ९२ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १४ हजार ५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ जना पुगेको छ । आज १ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४८३ रहेको छ ।

आजको पिसिआर परीक्षण ६ हजार २८६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ५ हजार ९७२ रहेको छ । आज १२ हजार २४५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo