‘अपेक्षा गरिए अनुसारको काम गर्न सकिएन’ : मेयर शाक्य

‘अपेक्षा गरिए अनुसारको काम गर्न सकिएन’ : मेयर शाक्य


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् ।

आज कुराकानी गर्दै मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् । ‘खानेपानी, ढल, सडक, विजुली, इन्टरनेटको तार लगायतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकाय अलग अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ’ मेयर शाक्यले भने ।

तोकिएको निकायले काम नगर्ने तर दोष महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफैं काम गर्न नपाउने, काम गर्छु भन्दा पनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताए ।

काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्वार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए । रानीपोखरीको बिचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए।

Logo