सीके राउतको बैठकमा ‘सयौं थुङ्गा फूलका हामी…’ गुञ्जियो

सीके राउतको बैठकमा ‘सयौं थुङ्गा फूलका हामी…’ गुञ्जियो


सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक राष्ट्रिय गान गाएर शुरु गरिएको छ। सिरहाको लहानमा शुरू भएको बैठकको शुरुवातमै पञ्चकन्याले ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली ….’ गाएका थिए । ।

सरकारसँग ११ बुँदे सहमति गरेर मधेस पुगेको गठबन्धनको बैठकमा उपस्थित हुने सहभागीहरुलाई नेपाली नागरिकता पनि अनिवार्य गरिएको थियो।  नेपाली नागरिकता प्रमाणपत्र देखाएर मात्रै बैठक हलमा प्रवेश गराइएको थियो ।

सरकारसँग सहमति गरेर पनि सिके राउतले स्वतन्त्र मधेस अभियान नछाडेको भन्दै आलोचना भैरहेको छ। बैठक दुई दिन सम्म चल्ने छ ।

Logo