बलिउडमा बढ्दो यौन हिंसा रोक्न बनाईयो निगरानी समूह

बलिउडमा बढ्दो यौन हिंसा रोक्न बनाईयो निगरानी समूह


हलिउडदेखि सुरु भएको ‘मिटू’ अभियान बलिउड हुँदै नेपालमा पनि भित्रिएको छ । एक समय थियो ‘मिटू’ अभियानले मिडिया नै तातेको थियो ।

मिटू अभियान अन्तर्गत सेलिब्रेटीदेखि आम सर्वसाधरणले आफूमाथि भएको यौन हिंसा विरुद्ध आवाज उठाएका छन् । विशेषत भारतमा मिटू को प्रभाव अझ बढी देखिएको छ । भारतमा मिटू ले आन्दोलनकै रुप लिन थालेपछि, बलिउडमा संवेदनशील दृश्यको लागि निगरानी गर्न सुरु गरिएको छ ।

फिल्म निर्माण टिमले निगरानीको लागि नियुक्ति दिएको हो । निर्देशक राम कमल मुखर्जीले बढ्दो यौन हिंसाको बारेमा सचेत हुँदै आफ्नो फिल्मको लागि संवेदनशील सिनको क्रममा निगरानी बढाउन सेट नै बनाएका हुन् ।

बलिउडमा सुटिङको क्रममा महिलामाथि हुने यौन उत्पिडनको घटनाहरु दिनहुँ बढिरहँदा यो अभ्यास पहिलो पटक सुरु गरिएको होे । भारतीय मिडियामा उल्लेख गरिए अनुसार निगरानी बढाउने समूहमा महिलाहरु नै बढी छन् ।

Logo