सबै आवेदकले पाउने गरि माउन्टेन हाइड्रोको आइपीओ आज वितरण हुने

सबै आवेदकले पाउने गरि माउन्टेन हाइड्रोको आइपीओ आज वितरण हुने


काठमाडौँ

माउन्टेन हाइड्रोको आइपीओ आज बाँडफाँंट हुने भएको छ । सिद्धार्थ क्यापिटलका अनुसार बाँडफाँट आइतबार बिहान १० बजे सिद्धार्थको केन्द्रीय कार्यालय नक्सालमा हुनेछ ।

माउन्टेनले गत फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको थियो । यसमा ३४ लाख २३ हजार ४१० कित्ताको लागि आवेदन परेको र ५० हजार ६७२ जनाले सेयर भरेका थिए । जसमध्ये सबै आवेदकले सेयर पाउनेछन् ।

आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ छ ।

Logo