केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

कांग्रेसको विज्ञप्तिदेखि साफ च्याम्पियनसिपमा प्रगतिसम्म

कांग्रेसको विज्ञप्तिदेखि साफ च्याम्पियनसिपमा प्रगतिसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

बंगलादेशबिरुद्ध शानदार जित, नेपाल बन्यो समूह विजेता

साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले जित हासिल गरेको छ।विराटनगरको सहिद रंगशालामा बंगलादेशविरुद्ध शनिबार दिउँसो भएको खेलमा नेपालले ३–० ले जित हासिल गरेको हो। जितसंगै नेपाल पाँचौं महिला साफ च्याम्पीयनसिप फुटबलमा समूह ए को विजेता बनेको छ ।

निर्मला प्रकरणः प्रहरीमाथि यस्तो दबाब, ‘दिलिप मेरो सालो हो कारवाही नगर्नु’

निर्मला पन्त प्रकरणले फेरि नयाँ मोड लिएको छ । बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्या प्रकरणले नयाँ मोड लिएको हो । यतिबेला पहिलो अनुसन्धानमा संलग्न ८ प्रहरी अधिकारीले अदालति मुद्दा खेप्नुपरेको छ । प्रमाण नष्ट गरेको तथा अपराध कबुल गराउन चरम यातना दिएको अभियोगमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सीआईबीका डिएसपी अंगुर जिसी लगायतका ८ प्रहरीविरुद्द अदालतमा मुद्दा परेको हो । उनीहरुमध्ये ६ जना धरौटी तिरेर रिहा भएका छन् । बाँकी २ प्रहरी अधिकारी फरार छन् । उनीहरुविरुद्ध ३५ दिने सूचना जारी गरिएको छ ।

विप्लव र सरकारलाई कांग्रेसको आग्रह- ‘संवादबाट सहमति खोज’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारलाई राजनैतिक संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरेर भनेको छ, ‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधानविपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न।’

नेकपाका पोलिटब्युरो सदस्य जीवन्त पक्राउ

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुमाथि धरपकड शुरु भएको छ। सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसंगै धरपकड शुरु भएको हो । प्रहरीले नेकपाको पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई गिरफ्तार गरेको छ । सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाएको दुईदिनपछि कार्की गिरफ्तार परेका हुन् । उनलाई शुक्रबार साँझ ललितपुरबाट गिरफ्तार गरिएको हो । सुगर बढेपछि उपचारका लागि उनी काठमाडौँ आएका थिए ।

यू–१९ क्रिकेट टोली घोषणा

मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा पनि उच्च सतर्कता

अब म्यानपावर व्यावसायीले छ करोड धरौटी राख्नुपर्ने

नेकपालाई वार्तामा आउन देउवाको आग्रह

हुलास स्टीलको गाेदाममा आगलागी

गुडिरहेको बसमा एक्कासी आगो लागेपछि…

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

पर्खाल विवादः राष्ट्रपति ट्रम्पद्वारा विशेषाधिकार (भिटो) प्रयोग

गोकर्ण फरेस्ट रिर्सोटमा होली महोत्सव, हट एयर बेलुनको आकर्षण

बाबु बोगटीले पहिलो पटक गाए होली गीत (भिडियोसहित)

सलमान खानले इन्ट्री गराएका ६ अभिनेत्री

पैसा जोगाउने ५ टिप्स

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo